-->
सिलोआम होमको चौथो स्थापना दिवस पालन

सिलोआम होमको चौथो स्थापना दिवस पालन

डी के वाइबा, कालिमन्युज, कालेबुङ 16 नोभेम्बर। असहाय नानीहरूको भरण पोषण र शिक्षा दिक्षाको व्यवस्था गर्दै आइरहेको ‘सिलोआम होम’को चौथो स्थापना दिवस आज पालन गरिएको छ।
कालेबुङ शहरदेखि लगभग 5 किलोमिटर टाडो इष्टमेन रोडमा अवस्थित उक्त सिलोआम होम युवा सामाजिक कार्यकर्ता कुणाल घतानीले स्थापना गरेका हुन्। हालमा 16 जना असहाय नानीहरूको शिक्षा दिक्षा र भर पोषणको जिम्मेवारी सम्हाली रहेका कुणाल घतानीले ‘सिलोआम होम’ को चौथो स्थापना दिवस पालन गरेका थिए। यस अवसरमा सिलोआम होमका नानीहरूले केक काटेका थिए।
सामान्य रूपमा पालन गरिएको उक्त चौथो स्थापना दिवसमा होमका शुभचिन्तकवर्गक उपस्थित रहेका थिए भने यस अवसरमा नानीहरूको साथमा होमका प्रमुख कुणाल घतानीले क्यालेण्डर पनि विमोचन गरेका छन्। 
उनले होममा रहेका नानीहरूका निम्ति खर्चपात निकाल्नलाई उक्त क्यालेण्डर प्रकाशित गरेर आर्थिक सङ्ग्रह जुटाउने प्रयास गरेको पनि बताएका छन्। हालमा आफुसँग भएका नानीहरू कालेबुङका विभिन्न विद्यालयहरूमा अध्ययनरत रहेको बताउँदै उनीरूको शिक्षार्जनका निम्ति अर्थको आवश्यक्ता हुने बताएका छन्।

0 Response to "सिलोआम होमको चौथो स्थापना दिवस पालन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.