-->
तीन दिवसीय श्रमिक मेला उद्घाटन  .....सामाजिक सुरक्षा योजनाको लाभ उठाउनुपर्छ – जिल्लापाल डा. विश्वनाथ

तीन दिवसीय श्रमिक मेला उद्घाटन .....सामाजिक सुरक्षा योजनाको लाभ उठाउनुपर्छ – जिल्लापाल डा. विश्वनाथ

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 17 जनवरी।  श्रम आयुक्त विभाग कालेबुङ जिल्लाको आयोजनामा तीन दिवसीय श्रमिक मेलाको आरम्भ भएको छ। अलगडा खेल मैदानमा सुरु भएको उक्त तीन दिवसिय मेलाको आज जिल्लापाल डा. विश्वनाथले उद्घाटन गरेका हुन्। 
यस अवसरमा जिल्ला पुलिस अधिक्षक अजित सिंह यादव, अतिरिक्त श्रम आयुक्त शर्मिला खटुवा, जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका सदस्य सञ्चबीर सुब्बा लगायत अन्य अतिथिवर्गको विशेष उपस्थिति रहेको थियो। यस अवसरमा जिल्लापाल डा. विश्वनाथले दीप प्रज्वलन गरेर श्रमिक मेलाको उद्घाटन गरेपछि अतिरिक्त श्रम आयुक्त शर्मिला खटुवाले स्वागत सम्बोधन राखेकी थिइन्। 
यस अवसरमा श्रम विभागद्वारा असङ्गठित क्षेत्रका कार्यरत श्रमिकहरूलाई प्रदान गरिने सरकारी योजनाहरूबारे अतिरिक्त श्रम अधिकारी प्रदिप तामङले जानकारी गराएका थिए। यस अवसरमा श्रम विभाग कालेबुङको पक्षबाट मोठ 7 जना लाभार्थीहरूलाई जिल्लापाल डा. विश्वनाथ, जिल्ला पुलिस अधिक्षक अजित सिंह यादव, सञ्चबीर सुब्बा अनि अतिरिक्त श्रम आयुक्त शर्मिला खटुवाको बाहुलीबाट चेक प्रदान गरिएको थियो। कार्यक्रममा लेप्चा विकास बोर्ड, लोक सांस्कृतिक संस्थान आदिका कलाकारवर्गले सांस्कृतिक प्रस्तुती दिएका थिए।
श्रम विभागद्वारा आयोजित श्रमिक मेलाको उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल डा. विश्वनाथले सरकारद्वारा प्रदान गरिने सरकारी सहुलियतको लाभ उठाउने आह्वान गरेका छन्।  ‘पश्चिम बङ्गाल सरकारको श्रम विभाग मार्फत् सामाजिक सुरक्षा योजना अन्तर्गत प्रदान गर्ने विभिन्न सरकारी सहुलियतहरूले असङ्गठित क्षेत्रहरूमा कार्यरत श्रमिकहरूको सामाजिक सुरक्षाको कार्य गर्दछ। यसकारण असङठित क्षेत्रमा कार्यरत श्रमिकहरूले उक्त सरकारी सहुलियतको लाभ उठाउने हामी आह्वान गर्छौँ’ जिल्लापल डा. विश्वनाथले भने। पश्चिम बङ्गालकी मुख्य मन्त्री ममता ब्यानर्जीको अनुप्रेरणामा श्रम विभाग मार्फत सामाजिक सुरक्षा योजना सुरु भएको बताउँदै उक्त योजनाले असङ्गठित क्षेत्रका श्रमिकवर्गको सम्पूर्ण सामाजिक सुरक्षा हुने बताए। उनले उक्त सरकारी योजनाहरूबारे जानकारी दिनका निम्ति श्रमिक मेलाको आयोजना गरिएको बताउँदै सम्पूर्ण योजनाहरूको विस्तृत जानकारी मेलामा उपस्थित अधिकारीवर्गबाट लिनुपर्ने बताएका थिए।
सोहीक्रममा कार्यक्रलाई सम्बोधन गर्दै जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले सरकारी रोजगार गर्नेहरूका निम्ति सामाजिक सुरक्षाको व्यवस्था सरकारी नोकरी मार्फत् भए पनि असङ्गठित क्षेत्रमा कार्यरत श्रमिकहरूको भने सामाजिक सुरक्षाको व्यवस्था नभएको कारण सरकारले श्रम वुभाग मार्फत् सामाजिक सुरक्षा योजना सुरु गरेको बताए। 
‘सरकारले असङ्गठित क्षेत्रमा रहेका श्रमिकवर्गलाई श्रम विभाग मार्फत् भविष्य नीधि योजना, स्वास्थ्य बीमा योजना, दुर्घट्ना बीमा जस्ता योजनाहरू दिएका छन्। सरकारी योजनाहरूबारे असङ्गठित क्षेत्रका श्रमिकहरूले आफ्नो नाउँ श्रम विभागमा पञ्जीकरण गरेर उक्त सुविधा लिन सकिन्छ। यसकारण असङ्गठित क्षेत्रमा कार्यरत श्रमिकहरूले उक्त सरकारी योजनाको लाभ उठानु आवश्यक छ’ जिल्ला पुलिस अधिक्षक यादवले भने। 
यता कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका सदस्य सञ्चबीर सुब्बाले श्रम विभागद्वारा प्रदान गरिने सरकारी योजनाहरूबारे जनतालाई जानकारी नभएको बताउँदै यस्ता श्रमिक मेलाहरूले धेरै लाभ पुग्ने बताए। सरकारले यस्तो कार्यक्रम आयोजना गरेर सरकारी सहुलियतबारे जानकारी गराउने पहलको प्रशंसा गर्दै दुर्गम क्षेत्रका मानिसहरूका निम्ति पनि यस्ता योजनाहरूबारे सचेतना कार्यक्रम गर्नुपर्ने सुझाव राखेका थिए। 

0 Response to "तीन दिवसीय श्रमिक मेला उद्घाटन .....सामाजिक सुरक्षा योजनाको लाभ उठाउनुपर्छ – जिल्लापाल डा. विश्वनाथ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.